साढे दुई करोड नक्कली नोटः निर्मातासहित ६ जनालाई थुनामा राख्न आदेश

Share it with you friends

काठमाडौं, ३ जेठ । फिल्मको सुटिङका लागि नक्कली नोट छपाई गरी दुरुपयोग भएको अभियोगमा पक्राउ परेका फिल्म निर्मातासहित ६ जनालाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । पछिल्लो तीन दिनयता पक्राउ परेका फिल्म निर्माता माधव वाग्लेसहित प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई थप पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हाल छायांकनका क्रममा रहेको चलचित्र ‘चंगा चेट’ फिल्मको सुटिङका लागि उनीहरुले साढे दुई करोड रुपैयाँ भन्दा धेरै नक्कली नोट छापेका थिए । नोट छपाइमै संलग्नहरुले नोट दुरुपयोग गरेपछि निर्माता वाग्ले फसेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार धादिङ घर भई हाल चाबहिलमा बसोबास गरी बागबजारमा श्री नवज्योती प्रिन्टिङ  प्रेस चलाउने प्रकाशले भोलेबाबा प्रेस सन्चालक नापितलाइ नक्कली नोट छाप्ने जिम्मेवारी दिएका थिए । उक्त नोट नापितको कारखानाबाटै छापिएको थियो ।

वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् ।

वाग्लेको घरबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली भारु बरामद भएको थियो । नक्कली नोटमा संलग्नहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते