साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमेस्थान धादिङको १६ औँ बार्षिक साधारण सभा सम्पन्न ।

भरत रेग्मी धादिङ असोज २० । साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमेस्थान धादिङको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । थाक्रे गाँउपालिका वडा नं. २ सिम्लेमा भएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्था केन्द्रिय संघका अध्यक्ष खेम पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।

थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सानाकिसान कृषि सहकारी संघ जिल्ला कार्य समिति धादिङका अध्यक्ष रंग थपलिया, थाक्रे गाँउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, थाक्रे गाउपालिका का विभिन्न वडाका वडा अध्यक्षहरु तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
संस्थामा आबद्ध शेयर सदस्य हरुको आर्थिक सामाजिक र सांस्कृतिक विकासको साथै सिप तथा क्षमता बृद्धि गराई स्वावलम्बी र सक्षम बनाउने उद्देश्य लिई २०५० जेष्ठ १ गते स्थापना भएको सहकारी संस्थाले १६ औ बार्षिक साधारण सभा ले कृष्ण ब. थापाको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
