साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९अैाँ वार्षिक साधारण सभा सम्पन्न

Share it with you friends

२८ पौष, काठमाडौं ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९ औँ वार्षिक साधारण सभा, वित्तीय संस्थाको अध्यक्ष श्री खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएकाे छ ।

विश्वव्यापी कोभिड महामारीको कारण स्वास्थ्य मापदण्डको पालना गर्दै भर्चुअल विधिबाट समेत किसान विकास लघुवित्त वित्तीय संस्था लि.को सुविधानगर, काठमाडौ स्थित केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएकाे हाे ।

सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालाले स्वागत गर्नु भएको थियो ।

कम्पनी सचिव झलेन्द्र भटृाराईले सञ्चालन गर्नुभएकाे सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट २५ प्रतिशत बोनस शेयर बितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३१५% उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ ।


सभामा संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन अनुसार आ.व. ०७५/७६ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति रु. २१ अर्ब ९४ करोड २ लाख रहेकोमा ०७६/७७ अन्त्यमा ११.१२% ले बृद्धिभई रु. २४ अर्ब ३८ करोड १० लाख पुगेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा प्रति शेयर आम्दानी रु. ४४.४९, प्रति शेयर बुक नेटवर्थ रु. २३५.३६, निष्कृय कर्जा ०.०९% र कुल पुँजी कोष १०.५७% रहेको प्रतिवेदन सभामा प्रस्तुत भएको छ ।

२०७७ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण रु. २१ अर्ब ३७ करोड पुगेको छ । वित्तीय संस्थाको जारी र चुक्तापुँजी रु. १ (एक) अर्ब २५ करोड १५ लाख ३० हजार ९८२.०८ पुर्याउन १९आँै साधारण सभाले स्वीकृति दिएको छ ।

वित्तीय संस्थाले लघु कर्जा सेवाका अतिरिक्त पशुपालन तथा तरकारी खेती व्यावसायिक कर्जा, नविकरणीय उर्जा, ग्रामीण उद्यम कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षण प्रवद्र्धन, कृषि तथा पशुपालन प्रवद्र्धन, सीप तथा क्षमता विकास, सामाजिक/साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

अहिले वित्तीय संस्थामा आवद्ध ११५४ र आवद्ध हुने क्रममा रहेका १५० समेत १३०४ साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७३ जिल्लाका ९ लाख परिवारमा ५७ अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पु-याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख परिवारमा सेवा पुर्याउने लक्ष राखेको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते