सिन्धुपाल्चोक दुर्घटना अपडेट, मृतक ११ जनाकै शव सनाखत

Share it with you friends

२४ असोज २०७६, शुक्रबार ।

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलयका डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका ३ बस्ने केदारनाथ महाजु, पाचँखाल नगरपालिका ६ का संगिता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ बस्ने हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती गाउँपालिका १० बस्ने रितेश आचार्य रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसैगरी, उपचारका लागि अस्पताल लैजाने क्रममा ललितपुर घर भएकी समिता श्रेष्ठको बाटोमै मृत्यु भएको बताइएको छ। मेलम्ची नगरपालिका १३ बस्ने अनुष तामाङ र इन्द्रवती ९ का जुनादेवी लम्सालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सिन्धुपाल्चोकले जनाएको छ। त्यस्तै, इन्द्रावती १० का मिना मगर, सुवास अधिकारी र अन्दाजी ६|७ वर्षका सनित पुर्कोटीको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित भोटसिपा बडहरे चोकमा शुक्रबार बिहान बस दुर्घटना भएको थियो। बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो। इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खस्दा ११ जनाको ज्यान गएको हो। बसमा ८० जना भन्दा बढी यात्रु सवार रहेको र ओभरलोडका कारण गाडीको ब्रेक फेल भइ दुर्घटना भएको हुन सक्ने डिएसपी काफ्लेले बताउनुभयो ।

  • Related Posts

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    १० जेठ,काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्केखोलामा रहेका संरचनाहरूमा डोजर चलाएको छ। फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलामा महानगरले आइतबार बिाहन डोजर चलाएको हो। फिर्केखोला संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतल दिएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 4 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 8 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 5 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?