स्थानीय तहमा बेथिति : आठवटा रूख काट्न ६ लाख खर्च, तालिममा सहभागी ५४, देखाइयो एक हजार

Share it with you friends

असोज २४, काठमाण्डौ । सीतापाइला–रामकोट–भीमढुंगा सडकमा आठवटा पीपलका रूख थिए । नागार्जुन नगरपालिकाले ती रूख काट्न ६ लाख ५२ हजार रुपैयाँ खर्च ग¥यो, जसअनुसार एउटा रूख काट्न ८१ हजार पाँच सय रुपैयाँ लाग्यो । रूख कटान शीर्षकमा सनराइज कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चार लाख ५२ हजार र अर्को सेवाप्रदायकले दुई लाख रुपैयाँ भुक्तानी लिएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् ।

कटान भएका रूखको बिक्री आय र मौज्दात विवरणसमेत खुलाइएको छैन । महालेखाले लागत अनुमान, मूल्यांकन र प्रतिस्पर्धाविनै नगरपालिकाले रूख कटानमा अस्वाभाविक खर्च गरेको भन्दै प्रश्न उठाएको छ । सडक विभागमार्फत निर्माणाधीन सडकमा अहिले पनि काम जारी छ । त्यसमध्ये सीतापाइला–हरिसिद्धि खण्ड कालोपत्रे भइसकेको छ । हरिसिद्धि–भीमढुंगा खण्डमा कालोपत्रे बाँकी छ ।

नागार्जुन नगरपालिकाले नै आफ्नै स्रोत, साधन, जनशक्ति र उपभोक्ताबाट गर्न सकिने कामसमेत गैरसरकारी संस्थामार्फत गराएको छ । महालेखाका अनुसार नगरपालिकाले गैरसरकारी संस्थालाई जनचेतनामूलक तालिम, अभिमुखीकरणजस्ता दुई सय १४ वटा कार्य सञ्चालन गर्न चार करोड ६० लाख २८ हजार रुपैयाँ दिएको छ । महालेखा प्रतिवेदनअनुसार नगरपालिकाले ३० पुस ०७५ मा गरेको एक कार्यक्रममा ५४ जना मात्रै सहभागी थिए । तर, कार्यक्रममा उपस्थित संख्या एक हजार देखाएर जनही दुई सय २६ रुपैयाँका दरले खर्च लेखिएको छ । त्यसरी नै विभिन्न कार्यक्रममा सहभागी संख्या बढाएर चार लाख २८ हजार रुपैयाँ खर्च भएकाले महालेखाले प्रश्न उठाएको छ ।

यस्तै, कीर्तिपुर नगरपालिकाले आव ०७५÷७६ मा विनियोजित ९४ करोड रुपैयाँमध्ये करिब ६२ करोड मात्रै खर्च ग¥यो । खर्च भएकोमध्ये पेस्की मात्रै ६ करोड ३४ लाख १८ हजार रुपैयाँ छ । महालेखा प्रतिवेदनअनुसार नगरपालिकाले अघिल्लो आव ०७४÷७५ कै ३१ करोड ८२ लाख ४७ हजार रुपैयाँ पेस्की फस्र्योट भएको छैन । सरकारी खर्चमा हुने सेमिनार, गोष्ठी, तालिम आयोजना गर्दा सरकारी कार्यालयमै गर्नुपर्ने व्यवस्था छ । तर, कागेश्वरी मनोहरा नगरपालिकाले महँगा होटेलमा कार्यक्रम राखेर बिल भर्पाईमा प्रयोजनसमेत नखुलाई २१ लाख रुपैयाँ खर्च गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा सल्लाह सुझाब संकलनका लागि भएको एउटै कार्यक्रममा नगरपालिकाले सात लाख २२ हजार रुपैयाँ खर्चेको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते