हरेक महिनाजसो गाउँ पुग्दै समाजसेवी डा.सैयद

Share it with you friends

धादिङ, चैत्र २५ । स्वास्थ्य क्षेत्रमा लाग्दै नाम कमाउन सफल नाम हो डा. मनोर सैयद ।

हरेक महिना जसो ग्रामीण भेगमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्दै आउनुभएका डा. सैयद यसपटक धादिङको ग्रामिण भेग नेत्रावति गाउँपालिक वडा नम्वर ४ मा रहेको कन्यादेवी प्रावि मा भेटिनुभयो । न्युन आय भएका समुदायालाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएका सैयदको टोलिले यसपटक धादिङमा करिव चार सय पचास जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

Together For Nepal  र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल को संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा बरिस्ठ स्वास्थ्यकर्मी हरु प्रा.डा.शम्भु प्रसाद पहारी, प्रा.डा. गुणकुमार श्रेस्ठ, डा. राम कुमार अधिकारी , डा. मनोर दिन सैयद, डा. सुजन सायमी, डा. उज्वन शाक्य, शुबर्ण रिमाल, सपना कुँवर, अपेक्षा पन्त, पार्वती दुरा, नम्रता न्यौपाने, शशी घर्ति र ज्योति तामांग लगायतको टोलीले २ दिन सम्म ४५० जनालाई निशुल्क स्वास्थ्य शिबिर तथा औषधि वितरण औषधि वितरण  गरिएको अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा.धर्म दत्त सुबेदी ले जानकारी दिनुभयो ।

२० वर्षदेखि आङ् खस्ने समस्यावाट पिडित महिलाहरुको समेत परिक्षण गराउन आएको र ९ जना आङ खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन गरिने डा. सैयदको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *