हलिया प्रथा अन्त्य भएको घोषणा गरेको एक दशक बितिसक्दा पनि बझाङ जिल्लाका हलियाको अवस्थामा भने कुनै परिवर्तन आएन ।

Share it with you friends

 

२३ भदौ २०७६, सोमबार ।   विसं २०६५ साल भदौ २० गते सरकारले हलिया प्रथा अन्त्य भएको घोषणा गरेको एक दशक बितिसक्दा पनि बझाङ जिल्लाका हलियाको अवस्थामा भने कुनै परिवर्तन आएको छैन ।

सरकारले नेपाल हलियामुक्त भयो भनेर घोषणा गरे पनि सुदूर पश्चिमको बझाङका हलियाहरु भने अझै हलियाबाट मुक्त हुन सकेका छैनन् । सरकारकाे हलियामुक्त घोषणा कागजमा मात्रै सीमित बनेको छ । खान, लगाउन जग्गा जमीन नभएका बझाङका हलियाहरु अहिले पनि दासको रुपमा काम गरेर नै जीविका चलाउँदै आइरहेका छन् ।हलियामुक्त घोषणाको नाममा उल्टो समस्या झेल्दै आएका बझाङका हलियाहरु यतिखेर पुनर्स्थापनाकाे खोजीमा छन् । साहुको हलिया भएर कमाएको अन्नले जीविका धान्दै आएका उनीहरु साहुबाट अलग्गिएपछि कतिपय हलिया सहाराविहीन बनेका छन् । कतिपय हलियाको काम गर्नेहरु साहुकै घरमा काम गरेर दैनिकी चलाइरहेका छन् । सरकारले हलियाको परिचय पत्र घरघरमा पुर्‍याइएको भए पनि थलारा गाँउपालिकाका हलियाहरुको दैनिकी भने साहुकै घरमा काम गरेर बित्ने गरेको स्थानीय ज्ञाना दमाईले बताउनु भयो ।

वर्षाैँ पहिले बाजेको पालामा लिएको ऋणको साटो साहुको घरमा काम गर्नुपरेको हलियाहरुले गुनासो गरेका छन् । सरकारले उपलब्ध गराउने राहत पहुँचवालाले मात्र पाउने हुँदा आफूहरु समस्यामा परेको हलियाहरुले गुनासो गरेका छन् । साहुकोमा काम नगर्दा एकातिर बिहान बेलुका खान समस्या छ भने अर्काेतिर बाजेका पालमा लिइएको ऋण तिर्न नसक्दा हलियाको रुपमा काम गर्नुपर्ने बाध्यता छ ।

हलियाकै रुपमा काम गरेर जीविका चलाउँदै आउनु भएका अम्भा नेपालीले बालबालिकाहरुलाई विद्यालयसमेत पढाउन नसकेको गुनासो गर्नुभयो । ‘बिहान बेलुका एक छाक खान समेत धौ–धौ छ । हामीजस्तो गरिबको छोराछोरीलाई स्कुल पढाउने सामर्थ्य छैन’, उहाँले भन्नुभयो ।

कोही नयाँ मान्छे गाँउमा जाने बित्तिकै उनीहरु आफूहरुलाई राहत दिने कोही सरकारी मान्छे आएको हो कि ? भन्दै परिचय–पत्र हातमा लिएर बाहिर आउँछन् । दिनभरि साहुकोमा काम गरेर बेलुका घर फर्किँदा एक माना चामलले जीविका चलाउँदै आएको हलियाको काम गर्दै आउनु भएका प्यारु दमाईले बताउनु भयो । बुढेसकालमा समेत आफूले हलियाको काम गर्नु पर्ने बाध्यता रहेको उहाँको गुनासो छ ।

कतिपयको त नाममा जग्गा, जमिनसमेत छैन । अरुकै जमिनमा आश्रय लिँदै आउने धेरै छन् । तर पनी उनीहरुले सरकारबाट पाउने राहत त परै जाओस्, परिचय पत्रसमेत नपाएको अर्का हलिया दिनेश दमाईले बताउनु भयो । काम गर्न नगएको दिन घरमै आएर धम्काउने र साहुले ऋणको तम्सुक बनाएर राखेको उहाँले दुःख पोख्नुभयो ।

बाजे, बुवा, आफू र छोराले पनि हलियाको रुपमा काम गर्दै आएको बताउँदै थलारा गाउँपालिकाका प्यारु दमाईले भन्नुभयो, ‘छोराको विवाह गर्दा लिएको ऋण तिर्न नसक्दा हलियाको काम गर्नु परेको छ । हलियामुक्त भनेर सरकारले घोषण गरे पनि हामीहरुलाई भने केही थाहा छैन ।’   जिल्लाका कतियप मुक्त हलियाहरुले आजकाल साहुको काम गर्न छोडेर अलग भएपछि साहुहरुले हेर्नै छाडेको र सरकारबाट पनि केही राहत पाउन नसकेका कारण समस्यामा परेको बताएका छन्  । कृषि व्यवसाय गर्न पनि आफूहरुसँग जमिन नभएको र बस्ने घर आफ्नो नाममा नभएका कारण आफूहरुले दुःख झेल्नु परेको उनीहरुको गुनासोे छ ।थलारा गाउँपालिका–८ का वडाध्यक्ष दिलबहादुर सिंहले हलियाहरुको अवस्था साह्रै दयनीय भएको बताउनु भयो । हचुवाका भरमा तथ्याङ्क र राहत वितरण गर्दा यो अवस्था आएको उहाँको दावी छ । ‘अहिले सम्म हलोको ओग (हलो सम्म नछोएका) सम्म नसामातेका व्यक्तिहरुले राहात पाएका छन् तर वर्षाैँदेखि हलियाको काम गर्दै आएकाहरुले भने परिचय–पत्रसम्म पाएका छैनन्’, सिंहले भन्नुभयो ।

यो विषयमा आफ्नो वडामा हलियाहरुले ज्ञापन पत्र बुझाएको र केही दिनमा नै गाँउपालिकामा सल्लाह गरेर आवश्यक काम कारबाही अघि बढाउने बताउनु भयो ।आर्थिक वर्ष २०७२/७३ को तथ्याङ्क अनुसार बझाङ जिल्लामा २ हजार ८ सय ४८ जना हलिया रहेका छन । मुक्त हलियाहरुका लागि आवासको कार्यक्रम सञ्चालनमा आए पनि जमिनको अभावका कारण अझै घर निर्माण हुन सकेको छैन ।

जिल्ला मालपोत कार्यालयका कार्यालय प्रमुख कृष्णबहादुर बोहराले भने नेपाल सरकारले लागू गरेको पुनर्स्थापना कार्यक्रम अनुसार काम गरिरहेको बताउनुभयो ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते