हिमाल आरोहणका क्रममा गाइडको मृत्यु
सोलुखुम्बु, १ जेठ । मकालु हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो ।
उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए ।
