९ कक्षा फेल नै हुन् त परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ?

Share it with you friends

काठमाडौं । आर्थिक विषयमा कलम चलाउने राजनीतिक विश्लेषक अच्युत वाग्लेको ट्वीटका कारण अहिले बौद्धिक क्षेत्रमा एक किसिमको हलचल नै उत्पन्न गराएको छ ।

नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा सल्लाह सुझावसमेत दिएर काम गरिसकेका उनले नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबारे नयाँ तथ्य बाहिर ल्याए । जसले बौद्धिक जमातको मानसपटललाई हल्लाएको छ ।

एक ट्वीटेको प्रश्नमा बिहीबार विश्लेषक वाग्लेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शैक्षिक योग्यताबारे आफ्नो भनाई सार्वजनिक गरेका हुन् । यसबारेमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयले कुनै खण्डन गरेको प्राप्त भएको छैन तर नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ट्वीटमार्फत नै यसको जवाफ दिएका छन् ।

ट्वीटमा ज्ञवालीले आफ्नो शैक्षिक योग्यता यति हो भनेर उल्लेख गरेका छैनन्, तर आफ्नो शैक्षिक योग्यताबारे शब्द खर्चेको भन्दै उनले वाग्लेलाई धन्यवाद दिएका छन् ।

वाग्लेले ट्वीटमा लेखेका थिए, ‘नेपालको यो बिशेषता कारण छ्न् । राष्ट्रपति आइए फेल, प्रधानमन्त्री एसएलसी फेल, उपराष्ट्रपति टेस्ट फेल र परराष्ट्र मन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश बिरलै छ्न्। उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाँउ उद्घाटन समारोह भन्दा अर्को छैन ।’

यसलाई पराराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटमार्फत यसरी जवाफ फर्काए, ‘धन्यवाद वाग्ले सर, मेरो पढाइबारे केही शव्द खर्चिनु भएकोमा । सुकरातले भनेका थिए रे–म एउटै क़ुरा जान्दछु, त्यो के हो भने म केही पनि जान्दिनँ । उनको यही भनाइले मलाई प्रेरित गरिरहन्छ र म सरहरूसँग सिकिरहन चाहन्छु, ज़िन्दगी भर ।’

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते