“अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक

Share it with you friends

काठमाडौं । सरकारले “अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौंमा एक कार्यक्रम गर्दै “अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक गरेको हो ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कुमारले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने स्वास्थ्य सेवाहरु अपाङ्गता भएका व्यक्तिको पहुँच योग्य बनाउन निर्देशिका तयार पारेको जानकारी दिनुभयो । कुल जनसङ्ख्याको झण्डै दुई प्रतिशतको सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य प्रणालीमा विद्यमान संरचनागत र सञ्चारसम्बन्धी अवरोध कम गरी सुरक्षित मातृत्व लगायत स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पु¥याउन जरुरत रहेको डा. विवेकले जिकिर गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीप्रेन्द्ररमण सिंहले निर्देशिकाले कार्यान्वयन पश्चात् अपाङ्गता भएका व्यक्तिलाई निजी तथा सरकारी संस्थामा प्रजनन स्वास्थ्यलगायत अन्य स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले निर्बाध रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण तयार गर्ने उद्देश्यले अपाङ्गता भएका सेवाग्राहीलाई उपयुक्त हने संरचनाको मापदण्ड, अपाङ्गता भएको व्यक्तिसँग संचार गर्दा आवश्यक पर्ने सीप विकास, अपाङ्गता मैत्री सूचना तथा सञ्चार सामग्रीको निर्माण आदि प्रावधान सहितको यो निर्देशिका जारी भएको छ ।”
कार्यक्रममा परिवार तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले निर्देशिका बनाउन जसरी सबै सरोकारवाला निकायको सहयोग मिलेको थियो कार्यान्वयनको पक्षमा पनि सबै सरोकारवाला निकायको सहयोगको आवश्यक रहेको विश्वास व्यक्त गर्नुभयो । नेपालको संविधान २०७२ ले अन्य व्यक्तिसरह परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, सुरक्षित गर्भवतन, आकस्मिक प्रसूति तथा नवजात शिशु, प्रजनन स्वास्थ्य रुग्णता लगायतका स्वास्थ्य सेवाहरु पाउनु अपाङ्गता भएका व्यक्तिहरुको संवैधानिक अधिकार भएको उल्लेख गरेको छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 3 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 4 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 6 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 5 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा