काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ । आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको हो ।
आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताको हकमा एकाघरको परिवारको सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरेको छ । जसका लागि आफूसँग मत सङ्केत गर्ने गोप्य स्थानमा लैजान मतदान अधिकृतसँग अनुमति माग्नु पर्नेछ, सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले अनुमति दिन सक्ने र मतदान अधिकृतले सहयोग गर्न सक्नेछन । मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन हुने समय तोकेको छ ।

अपाङ्गता भएकालाई मतदान गर्न विशेष व्यवस्था
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply