अफगानिस्तानको आत्मघाती हमलामा १६ को मृत्यु, सयभन्दा बढी घाइते

Share it with you friends

भदौ १७ ।
काबुल, अफगानिस्तानमा तालिवान समूहले गराएको आत्मघाती विस्फोटमा परेर १६ जना मानिस मारिनुका साथै १०० भन्दा बढी घाइते भएका छन् । मध्य काबुलमा सोमबार राति सो विस्फोट गराइएको थियो । विस्फोट ग्रीन भिलेज नजिक भएको थियो । जहाँ विभिन्न विदेशी दातृ निकाय र अन्तर्रा्ष्ट्रिय संगठनका कार्यालय रहेको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् ।

ठूलो आवाज सहित राति विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । सो कम्पाउण्ड भित्र धेरै विदेशी बस्ने गरेको जनाइएको छ ।सो क्षेत्रमा गएको जनवरीमा पनि आक्रमण भएको थियो । सो क्षेत्र अफगान सुरक्षाकर्मी र निजी सुरक्षा गार्डबाट घेरिएका हुन्छन् । उक्त क्षेत्रमा विदेशी गार्डपनि रहने गरेकाले विदेशीपनि परेको हुन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *