अब विद्यालयमा फेसबुक बन्द

Share it with you friends

सल्लेरी, १५ वैशाख । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ ।

एभरेस्ट लिंकको सहयोगमा इन्टरनेट जोडेका विद्यालयले १० बजेदेखि ४ बजेसम्म अरु सबै चल्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएका हो ।

विद्यार्थीको कम्प्युटर शिक्षा र शिक्षकको अध्यापन सहजताका लागि इन्टरनेट जोडेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राई इन्टरनेटको सहयोगमा अध्यापनमा सहज भई शैक्षिक गुणस्तर वृद्धिका लागि जोडिएको बताउँछन् ।

प्रअ राईका अनुसार चाहिएको विषयवस्तु र नजानेको विषय इन्टरनेटमा खोज्दा पाइने भएकाले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *