अमेरिकाको ट्रम्प टावरमा आगलागी, एक जनाको मृत्यु

Share it with you friends

अमेरिकाको ट्रम्प टावरमा आगो लाग्दा एक जनाको मृत्यु गएको छ । चार जना अग्नी नियन्त्रक घाइते भएका छन् । टावरको ५०औं तलामा रहेका ६७ वर्षिय टोड ब्रासनर आगोले जलेका प्रहरीले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको उद्दारकर्मीलाई उदृत गर्दै विविसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालयमा आगलागी भएको हो । आगो लागेको समयमा राष्ट्रपति ट्रम्प वासिङटनमा रहेका खबरमा उल्लेख छ ।

आगलागिको कारण अझै खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *