अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

Share it with you friends

असार १९, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छन् ।

घटनामा १४ वर्षीय सचिन रास्कोटी सामान्य घाइते भएका छन् । मृत्यु हुने बालबालिका दाजुभाईका छोराछोरी हुन् । मंगलवार बिहान साढे ६ बजेको समयमा अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले टिनको छाना भएको दुई तले घरको कुनापट्टिको आधा भाग भत्किएको थियो। बिहानको समयमा बालबालिका सुतिरहेको अवस्थामा पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

  • Related Posts

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    विश्वव्यापी तापक्रम वृद्धि र एल निनोको दोहोरो प्रभाव: नेपालमा औसतभन्दा बढी गर्मी हुने प्रक्षेपण, गर्मी कार्य दिवसमा हातेमालोको आव्हान

    जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीको प्रकोप कम गर्न आज विश्वभरी नै “हिट एक्शन डे”  अर्थात् गर्मी कम गर्न गरिने कार्य दिवस मनाइँदैछ। यो दिवसको उद्देश्य जलवायु जोखिमहरूलाई बुझ्न र गर्मीका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 4 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 6 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 5 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०६:५९
    • 5 views
    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट शाखा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    • By Upendra Adhikari
    • २१ जेष्ठ २०८३, बिहीबार १०:४४
    • 7 views
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित