अस्थायी शिक्षकको परीक्षा स्थगित
काठमाण्डौं । संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले यही चैत २३ तोकेको परीक्षा स्थगित भएको हो । शुक्रबार एक सूचना सार्वजनिक गर्दै आयोगले परीक्षा स्थगित गरिएको जनाएको हो ।

अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षा स्थगनको माग राख्दै प्रमुख तीन विद्यार्थी संगठनले चक्काजाम, प्रदर्शनदेखि अनिश्चितकालीन शैक्षिक हडतालसम्मको कार्यक्रम ल्याएपछि आयोगले परीक्षा स्थगित गरेको हो ।
विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन र परीक्षा स्थगितको माग गर्दै शुक्रबार विहान विभिन्न क्याम्पसमा विरोध प्रदर्शन गरेका थिए ।
परीक्षा स्थगित भएसँगै घोषणा गरिएका सबै आन्दोलनका कार्यक्रम पनि स्थगित भएको विद्यार्थी संगठनले बताएका छन् ।
