आइपिएल : कलकत्ताविरुद्ध दिल्लीको सानदार जीत

Share it with you friends

काठमाडौं, १५ वैशाख । कप्तान जिम्मेवारी पाएका श्रेयश ऐयरको उत्कृष्ट प्रदर्शनसँगै इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट राइडर्सलाई ५५ रनले हराएको हो ।

जितका लागि २ सय २० रनको बिशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन मात्र जोड्न सक्यो । कोलकताका एन्ड्रयु रसेलले ४४ रन बनाए । पहिला ब्याटिङ गरेको दिल्लीले ऐयरको नट आउट ९३ रनको मद्दतमा १ सय १९ रन बनाएको थियो ।

निरन्तर खराब प्रदर्शन गर्दै आएसँगै कप्तान गौतम गम्भिरले राजीनामा गरेपछि दिल्लीले ऐयरलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ । कप्तानको रुपमा पहिलो खेल खेलेका उनले ४० बलमा ३ चौका र १० छक्काको मद्दतमा ९० रन जोडेर दिल्लीको जीत सुनिश्चित गरे । यसैगरी अर्का ओपनर पृथ्वी शाले ६२ रन बनाए । जारी सिजनमा दोस्रो खेल जितेसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

दिल्लीले आफ्नो टिममा परिवर्तन गरेसँगै पूर्वकप्तान गौतम गम्भीर र डेनियल क्रिश्चियनलाई टिम इलेभनभन्दा बाहिरै राख्यो । दुवैको स्थानमा विजय शंकर र कोलिन मुनरोलाई टिममा सहभागी गरायो । त्यसैगरी कोलकत्ताले पनि एक परिवर्तन गरी टोम कुरेनको स्थानमा मिशेल जोनसनलाई भित्र्याएको थियो ।

समान ७ खेलबाट ६ अंक बटुलेको कोलकता चौथो स्थानमा छ । ६ खेलबाट १० अंक बटुलेको चेन्नई शीर्ष स्थानमा छ भने समान ६ खेलबाटै २ अंक बटुलेको मुम्बई इण्डियन्स पुछारमा छ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 19 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते