आईपिएल तर्फ दिल्ली २ विकेटले विजयी, हैदरावाद बाहिरीयो
२६ वैशाख २०७६ । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स विजयी भएको छ । विशाखापटनमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालीफायरमा प्रवेश गरेको छ । हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य दिल्लीले अन्तिम ओभरको एक बल बाँकी रहँदा ८ विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीका लागि ओपनर पृथ्वी शाले ५६ रन, ऋषभ पन्तले ४९, शिखर धवनले १७, कोलिन मुनरोले १४, श्रेयश लेयरले ८ रन बनाएका थिए ।

हैदराबादका खलील अहेमद र रसिद खानले समान २ २ विकेट लिएका थिए । यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदरावादका मार्टिन गुप्टिलले बनाएको ३६ रन टोलीको सर्वा्धिक स्कोर रह्यो । मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन बनाए । विजय शंकरको नाममा २५ रन रह्यो । दिल्लीका इशान्त शर्माको नाममा सर्वा्धिक २ विकेट रह्यो । विजेता दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।
