आईपीएलमा आज कोलकत्ता र दिल्ली भिड्ने, सन्दिपको खेल्ने सम्भावना कति ?

Share it with you friends

काठमाडौँ,३ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत सोमबार कोलकत्ता नाइटराईडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिष्पर्धा हुँदैछ।

नेपाली समय अनुसार साँझ सवा ८ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली जितको खोजिमा हुनेछन्।

यसअघि दिल्ली पहिलो खेलमा किङ्स इलेभन पञ्जाव र दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। तेस्रो खेलमा दिल्लीले मुम्बईलाई हराएको थियो।

यता कोलकत्ताले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंलोरलाई हराएको थियो भने दोस्रो र तेस्रोमा लगातार पराजय बेहोरेको थियो।

दोस्रो खेलमा चेन्नई सुपरकिङ्ससँग पराजित कोलकत्ता तेस्रो खेलमा सरराइज हैदारावादससँग पराजित भएको थियो।

 

इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा सहभागी नेपाली खेलाडी सन्दीप लामिछानेले सोमबार मैदान उत्रिने सम्भावना रहेको छ।

सन्दीपको टीम दिल्ली डेयर डेभिल्सले तीन वटा खेलिसके पनि सन्दीपले मौका पाएका थिएनन्।

चौथो खेल दिल्लीले सोमबार बेलुका इडेन गार्डेनमा कोलकाता नाइट राइडर्ससँग खेल्दैछ।

पहिलो खेलमा लेग स्पिनर अमित मिश्रालाई मैदान उतारेको दिल्लीले त्यसपछि उनलाई मौका दिएको छैन। पछिल्ला दुई खेलमा सहवाज नदिमले टिममा स्थान बनाएका छन्।

राजस्थान रोयल्सविरूद्धको पहिलो खेलमा २ विकेट लिएका नदिमले मुम्वई इन्डियन्सविरुद्धको दोस्रो खेलमा विकेट लिन सकेनन्।

दिल्लीको प्लेइङ इलेभेनका लागि भने सन्दीपले संघर्ष गरिरहनु परेको छ। आइपिएलको एउटा टोलीले एक खेलमा चार जना मात्र विदेशी खेलाडी खेलाउन पाँउछ।

यो सिजन दिल्लीमा सन्दीपसहित ८  विदेशी खेलाडी छन्। मैदानमा सन्दीप उत्रँदा घटीमा अन्य चार खेलाडी बेञ्चमा बस्नुपर्ने हुन्छ।

सन्दीपका लागि मुख्य बाधा अमित मिश्रा र नदिम भन्दा पनि ४ जना भन्दा बढी विदेशी खेलाडी राख्न नपाउने नियम हो।

दिल्लीका विदेशी खेलाडीमध्ये फास्ट बलर ट्रेन्ट बोल्ट टिममा पर्ने निश्चित छ। त्यसबाहेक व्याट्स्म्यान ज्यासन रोय र अलराउन्डर ग्लेन म्याक्सवेल पनि टिममा पर्ने तय छ। बाँकी एउटा कोटाका लागि क्रिस मोरिस र डान क्रिस्टियन मुख्य दावेदार छन्।

यी दुबै अलराउन्डर हुन्। मोरिस चोटका कारण पूर्ण रूपमा फिट नभए सन्दीपका लागि खेल्ने केही सम्भावना रहन्छ।

यदि क्रिष्टियनको स्थानमा भारतीय अलराउन्डर विजय शंकरलाई मौका दिए लेग स्पिनरका रुपमा सन्दीप प्लेइङ एघारमा पर्न सक्छन्।

कोलकाताको पिच तुलनात्मक रुपमा बलरलाई फाइदा गर्ने खालको छ। यो अवस्थामा दिल्ली क्रिष्टियनको स्थानमा अर्को कोही भारतीयलाई मौका दिए दुई स्पिनर नदिम र सन्दीपले मौका पाउनेछन्।

एक मात्र स्पिनर खेल्ने अवस्थामा भने सन्दीपका लागि क्रिष्टियनको स्थानमा अर्को कोही भारतीय व्याट्स्म्यान आउनै पर्नेछ वा नदिमको स्थानमा उनलाई राख्नुपर्नेछ।

तर पनि यी दुवै खेलाडी सन्दीपभन्दा राम्रो ब्याटिङ गर्छन्। ट्वान्टी-ट्वान्टी फरम्याटको खेलमा ब्याटिङ धेरै समय निर्णायक हुन्छ। त्यसमाथि दिल्लीले टोलीमा लेग स्पिनर राहुल टेवाटियालाई पनि किनेको छ। उनले पनि तल्लो क्रममा आएर ब्याटिङ गर्न सक्छन्।

सन्दीपले आइपिएल पुगेर सुधार्नुपर्ने भनेको ब्याटिङ हो। हालसम्म सन्दीप बलर मात्र छन्। उनी राम्ररी ब्याटिङ गर्न सक्दैनन्। यस्तोमा सन्दिपले मैदान बाहिर अभ्यास खेलमा राम्रो प्रदर्शन गरेर तारिफ बटुल्नुपर्छ। त्यसले मात्रै उनलाई अगाडि बढ्ने बाटो दिनसक्छ।

नेपालका सन्दीप जस्तै अफगानिस्तानका लेग स्पनिर रसिद खान गत सिजन आइपिएलमा भित्रिएका थिए। रसिदले सन् २०१६ मा सन्दीपसँगै अण्डर १९ विश्वकप खेलेका थिए। रसिदलाई यसपटक सनराइजर्स हैदराबादले ९ करोडमा किनेको छ। तर रसिद आइपिलमा रहनुको कारण ब्याटिङ पनि हो। सन्दीपका लागि यहि ब्याटिङ ‘फलामको च्यूरा’ देखिन्छ।

आइपिएलमा गत सिजनमा सरप्राइजिङ रुपमा युएईका चिराग सुरी पनि भित्रिएका थिए। तर उनी गुजरात लायन्सको बेञ्चमै सीमित रहे। उनी यसपटक आइपिएलको खेलाडी सूचीमै परेनन्।

नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारूमा किनेको हो। सन्दीप आइपिएलमा छनौट हुने पहिलो नेपाली खेलाडी हुन्।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 3 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 4 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन