आईपीएल : आज अन्तिम खेल खेल्दै सन्दिप
काठमाडाैं, ६ जेठ । इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आज पनि खेल्दै छन् । आज सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध बलिङ गर्नैछन् । सन्दिपको यो आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ ।
१२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भएका थिए ।
