काठमाण्डौ २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् । यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । यस्तै, स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिँदा उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका चुनाव चिन्हको समूहबाट चिन्ह प्रदान गरिनेछ । उम्मेदवारको प्रतिनिधिलाई चुनाव चिन्ह रोज्न लगाइ उनीहरुको रोहवरमा चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । तर, चुनाव चिन्ह प्रदान गर्दा कुनै उम्मेदवार वा उसका प्रतिनिधि उपस्थित नभएमा उपस्थित भएका उम्मेदवार वा उसका प्रतिनिधिले रोजेर बाँकी रहेका चुनाव चिन्हबाट निर्वाचन अधिकृतले चुनाव चिन्ह प्रदान गर्नेछन् । एक भन्दा बढी उम्मेदवारले एउटै चुनाव चुनाव चिन्ह रोजेमा त्यस्ता उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई चुनाव चिन्ह प्रदान गरिनेछ ।

आज उम्मेदवारले चुनाव चिन्ह पाउने दिन
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply