आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न

Share it with you friends

०२ कार्तिक २०७६  धार्के –   धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारीको ७औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ  थाक्रे गाउपालिका वडा नम्बर ९ पण्डित पौवा को जोति माबि मा सम्पन्न भएको कार्यक्रममा । सहकारी सँस्थाले गरेका बार्षिक प्रगति प्रतिबेदन, लेखा तथा सुपरिवेक्षणको प्रगति प्रतिवेदन,आगामी बर्षको कार्यक्रम योजनाहरुको प्रस्तुतिकरण कार्यक्रम आज सम्पन्न भएको हो ।


हेफर ईन्टरनेश्नल नेपाल र रिम्स नेपालको सहयोगमा बिभिन्न ज्ञान र सिप प्राप्त गरेका २ सय ९ सदस्यबाट सुरुवात गरिएको यस सँस्था तेस्रो साधारणसभामा ४५ सदस्य थपिएर २ सय ८० जना पुगेकामा अहिले सातौँ साधारणसभा सम्म आउँदा शेयर सदस्यहरुको सँख्या बढेर १४ सय ८ जना रहेका छन् ।
छरिएर रहेका पुँजी, स्रोत साधन र सामाजिक शक्तिलाई एकिकृत गरि सहकारीको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक, सामाजिक र वाताबरणीय बिकासमा योगदान पुर्याउने लक्ष्य लिएर अगाडी बढेको आधारसिला सहकारीले आफ्नो लक्ष्यलाई निरन्तर पछ्याईरहेको छ । कार्यक्रममा आधारसिला सामाजिक उद्यमी महिला सहकारी सँस्थाकी उपाध्यक्ष सँगीता अधिकारीले सहकारीको भवन निर्माण भएको जानकारी दिनुभयो ।

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष अम्बिका रुपाखेतिको विषेश आतिथ्यता साथै  विभिन्न संघसंस्था का प्रमुख तथा प्रतिनिधि लगायतको   उपस्थिति रहेको कार्यक्रममा सहकारी लाइ सहयोग गर्ने सस्था ब्याक्तित्त्वो तथा यस ई ई मा उत्क्रिस्ट नतिजा लेराउने  बिदार्थी हरु उत्क्रिस्ट पशुपालन तथा घास उत्पादन गर्ने महिला समुहलाई सम्मान समेत गरेको थियो । कार्यक्रम को प्रमुख अतिथि समेत रहनु भएका थाक्रे गाउपालिका का अधक्ष्य रामकुमार आचार्य ले बिगतमा धेरै दुख गरेर महिला दिदि बैनी हरुले स्थापना गरेको सहकारी ले यति धेरै काम गरि सदस्य हरुलाई लाभ दिएकोमा धन्यवाद दिदै थाक्रे भित्र रहेका आफ्ना जमिन हरु बाझो नराख्न पनि थाक्रे वासी हरुलाई आग्रह गर्नु भयो  ।

तेस्तै विषेश अतिथि  उपाधक्ष्य अम्बिका रुपाखेती ले सबै सदस्य हरुलाई एकैनाश गरि काम गर्न र भोलिका दिन हरुमा पनि राम्रा काम गरि बयाबसायिक बन्न आग्रह गर्दै सदैब गाउपालिका साथ र सहयोग को लागि तयार रहेको बताउनु भयो ।

साधारण सभा सकी अधिवेसन मा आगामी वर्ष को लागि पुन : सर्ब समताले प्रमिला पण्डित लाइनै अधक्ष्य चयन गरेकोछ भने उक्त कार्यक्रम कृषि रेडियो १०१.५ मेगाहर्ज ले प्रतक्ष्य प्रसारण गरेको थियो ।

फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *