धादिङ । आयुर्वेद स्वास्थ्य सेवाका विविध विषयमा धादिङका पत्रकारहरुसँग छलफल गरिएको छ । सदरमुकाम धादिङबेशीमा मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट प्रवाह हुँदै आएका सेवा, सुविधा तथा अवस्थाका विषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट दिइने आयुर्वेद सेवा तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा, नसा सम्बन्धी रोग, पिनास, फिजियो थेरापी, खानपान सम्बन्धी ध्यान दिनु पर्ने कुरा लगायतका विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको प्रमुख डा. सुइरा जोशीले सहजिकरण गर्नु भएको थियो । त्यस्तै उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा निशुल्क फार्मेशी सञ्चालनमा आएको र ६० प्रकारको औषधी पाईने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको प्रमुख डा. जोशीले बताउनु भयो ।
यसैगरि कार्यक्रममा आर्थिक वर्ष २०७८÷७९ को कार्य प्रगति विवरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी प्रकाश सापकोटाले प्रस्तुत गर्नु भएको थियो । धादिङको ६ वटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा प्रवाह भईरहेको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले अब छिटै २५ बेडको अस्पताल सञ्चालनमा ल्याउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी सापकोटाले कार्यक्रममा जानकरी गराउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वयन समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, लगायत आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कर्मचारीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

आयुर्वेद स्वास्थ्य सेवाका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया
Related Posts
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…
-
धादिङको थाक्रेमा दोस्रो कोदो दिवस मनाइयो
“कोदोबालीको संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नाराका साथ सरकारले यस वर्ष…
-
नीलकण्ठ पार्कमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा १२५ बिरुवा रोपण
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साँकोषस्थित निर्माणाधीन नीलकण्ठ पार्क परिसरमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको…
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन हुँदै
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका…





Leave a Reply