आरक्षण र संरक्षण होईन क्षमता र प्रतिष्पर्धामा विश्वास गर्नुहोस : प्रधानमन्त्री ओली

Share it with you friends

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय महिला उद्यमी महासंघले आज ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आरक्षण केही समयलाई हो । पछिलाई काम लाग्दैन ।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘स्थानीय तह देखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पु¥याउदैछौं ।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘घरेलु उद्यम मार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ महिला उद्यमीहरुले निर्यातजन्य वश्तुको उत्पादन गर्ने सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठन एउटा नियमित प्रक्रिया भन्दा फरक रहेको बताउनुभएको छ । ‘यो सरकार परिवर्तन मात्र होइन ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो प्रणालीको परिवर्तन हो । सरकारको उद्धेश्यको परिवर्तन हो ।’ वर्तमान सरकारले देश निर्माण र जनताको हित बाहेक अरु कुनै कुरा नसोचेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा