इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो ३०६ रनको लक्ष्य

Share it with you friends

१८ असार २०७६, धादिङ्ग,

आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३०६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३०५ रन जोडेको छ । इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बेयर्सटोले शतक प्रहार गरका थिए । उनले १०६ रन जोड्न सफल भए । उनले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरेका छन् । जारी विश्वकपमा उनको यो लगातार दोस्रो शतक हो।

ओपनर जासन रोएले ६० रनको योगदान दिएका छन् । उनले ६१ बलमा ८ चौका प्रहार गरेका छन् । जोए रुटले २४ रन जोड्दा जोस बटलर ११ रनमै आउट भएका थिए । कप्तान इयान मोर्गानले ४२ रनको योगदान दिएका छन् । उनले ४० बलमा ५ चौका प्रहार गरेका छन् । बेन स्टोक्स ११ रन, क्रिस ओएक्स ४ रन र अदिल रसिद १६ रनमा आउट भए। लियाम प्लुङकेटले नटआउट १५ रनको योगदान दिएका छन् । बलिङमा न्युजिल्यान्डका जेम्स नसीम, ट्रेन्ट बोल्ट र माट हेनरीले २÷२ विकेट हात पारका थिए । मिचेल सान्टनर र टीम साउथीले १÷१ विकेट लिएका छन् । खेलमा जित हात पार्ने टिम सेमिफाइनल पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *