देश विकास

विकास पत्रकारिता

इङ्ग्ल्यान्डमाथि २–१ को जितसँगै अर्जेन्टिना फाइनलमा

Share it with you friends

साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इङ्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाउँदै इतिहास रचेको छ।

अमेरिकाको एटलान्टास्थित स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई फाइनल नजिक पुर्‍याएका थिए।

तर, अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो। खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा कप्तान लियोनल मेसीको उत्कृष्ट असिस्टलाई सदुपयोग गर्दै लाउतारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकाल्यो।

यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाउँदै उपाधि रक्षा गर्ने अवसर सिर्जना गरेको छ। अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यता पराजित इङ्ल्यान्डले भने तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts