काठमाडौं । इङ्ग्ल्यान्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले स्तब्ध बनायो ।
इङ्ग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । अहमद बिन अली स्टेडियममा भएको एकपक्षीय खेलमा इङ्ग्ल्यान्डलाई जिताउन मार्कुस रासफोर्डले दुई गोल गर्नुभयो । अर्को गोल फिल फोडेनले थप्नुभएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा रासफोर्डले ५०औं मिनेटमा फ्रिकिकमा गोल गर्दै इङ्ग्ल्यान्डको उत्साह जगाउनुभयो । रासफोर्डको करिव २५ यार्ड लामो प्रहारले सोझै जाली चुकेको थियो । एक मिनेट लगत्यै इङ्ग्ल्यान्डले अग्रता दोब्बर बनायो ।
फोडेनले ५१औं मिनेटमा ह्यारी केनको पासमा अनमार्क गोल गर्दै इङ्ग्ल्यान्डलाई बलियो बनाउनुभयो । ६८औं मिनेटमा रासफोर्डले काल्भिन फिलिप्सको लामो पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई सजिलै जिताउनुभयो । यसैगरी अल थुमामा स्टेडियममा भएको समूहको अर्को खेलमा अमेरिकालाई जिताउन क्रिस्टियन पुलिसिसले निर्णायक गोल गर्नुभयो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसिसले ३८औं मिनेटमा सर्जिनो डेस्टको पासमा गरेको गोल निर्णायक बनेको थियो । औसत बल पोसेसन राखेको इरानको गोल फर्काउने सपना अन्तिम समयसम्म पूरा भएन । हारसँगै इरान विश्वकपबाट बाहिरियो । यसस समूहको शीर्षस्थानमा रहेको इङ्ग्ल्यान्डले अपराजित रहँदै सात अंक बनायो । उपविजेता अमेरिकाले पाँच अंक बनायो । तेस्रो स्थानमा रहेको इरानले तीन र अन्तिममा रहेको वेल्स एक अंक जोड्दै विश्वकपबाट बाहिरियो । एजेन्सी

इङ्ग्ल्यान्ड र अमेरिका नकआउट चरणमा प्रवेश
Related Posts
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
-
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज…
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही…
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…





Leave a Reply