उपेन्द्र यादव बने स्वास्थ्य मन्त्री
काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध हुनुहुन्छ । ।नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गनु भएकोहो ।
यसअघि, ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालु भएको थियो ।
