एकै दिन १ सय १४ जना सङ्क्रमित, कहाँका हुन त उनीहरु ?

Share it with you friends

नेपालमा बुधवार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ सय ८६ पुगेका छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य  प्रयोगशाला काठमाण्डौँमा  भएको परीक्षणमा ३८ जना सङ्क्रमित भेटिएका छन् ।जसमध्ये  सिरहा सिद्धिचरणका १ जना, सिरहाको रुपनी घर भइ सप्तरीमा रहेका १ जना, बारा पर्चौता नगरपालिकाका ७ जना, रौतहट घर भइ बाराको पर्चौतामा बस्ने एक जना,  रौतहट गौरका ८ जना,  रौतहटकै देवाहीगुनाही नगरपालिकाका २ जना र रौतहटकै कटहरिया नगरपालिकाका २ जना, रौतहटकै श्री जनता मावीमा भएको परीक्षणमा १४ जना र मदरसामा भएको परीक्षणमा २ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमामा गरिएको परीक्षणमा ११ जना सङ्क्रमित भेटिएका छन् ।

जसमध्य ८ जना सप्तरीको बोदेबसाईन नगरपालिकाका छन् । सप्तरीकै बालनविहुलका २ जना र सप्तरीकै सुरुङाका एक पुरुष छन् । यस्तै कोसी अस्पतलामा गरिएको परीक्षणमा १७ जना सङ्क्रमित भेटिएका छन् ।

जसमा झापाको गौरादहका २ जना, झापाकै कचनकवलका १५ जना रहेका छन् । यस्तै  हेटौडाको किटजन्य प्रयोगशाला केन्द्रमा भएको परीक्षणमा ८ जना सङ्क्रमित भेटिएका छन् ।

जस्मा हेटौडा उपमहानगरपालिकाका १ जना, रौतहतको गढिमाइ नगरपालिकाका ७ जना रहेका छन् । पोखराको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा वाग्लुङको तमानखोलाका ४ जना र वडिगाडका २ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरुमध्य रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाका ३ जना, दाङको घोराहीका ७ जना र दाङकै लमहीका ८ जना  रहेका छन् । यस्तै  भेरी अस्पतालमा गरिएको परिक्षमा थप १६ जना भेटिएका छन् ।

जसमध्ये बाँके डडुवाका २, राप्ती सोनारीका ७ जना, बाँकेकै बैजनाथका ६ जना  र खजुरा गाउँपालिका १ जना रहेका छन् ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 4 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 4 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 6 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 5 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा