काठमाडौं, जेठ १ । नेकपा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता चाँडो गर्ने विषयमा छलफल भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीसँँग माओवादी रुष्ट बनेको छ ।जसले गर्दा पार्टी एकतामा ढिलाई भइरहेको गुनासा आइरहेका बेला दुई नेताबीच छलफल भएको हो ।

एमाले नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल
Related Posts
-
आज साउन महिनाको पहिलो सोमबार। काठमाडौंको पशुपतिनाथमा श्रद्धालुहरूको बिहानैदेखि भिड छ।साउनमा भगवान् शिवको महिना र सोमबार…
-
मेसी-यामल आलिंगनको सन्देश!
स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेपछि १९ वर्षीय लामिन यामलले आँसुमा डुबेका लियोनल मेसीलाई…
-
विश्वकपमा एम्बाप्पेलाई कीर्तिमानी अवार्ड
फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे विश्वकपको इतिहासमा दुई पटक ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ताको पुरस्कार) जित्ने…
-
स्पेन विश्व च्याम्पियन : अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक फिफा विश्वकप उपाधि
काठमाडौं: फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–०…





Leave a Reply