एमाले माओबादी एकतासभामा कति कार्यकर्ता उतारिदैछ ? यस्तो छ तयारी

Share it with you friends

काठमाडौं, चैत २३ । एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।

एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् । एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लाखौँ नेता–कार्यकर्ताबीच पार्टी एकताको तयारी भइरहेको बताए ।तर, एकता सभाका लागि ठाउँ र समय भने तय भइनसकेको उनले बताए ।

‘हामी कम्तीमा ५ लाख जनताको उपस्थितिमा महाधिवेशन घोषणा सभाजस्तै गरेर पार्टीको एकता सभा गर्दै छौँ,’ एमाले उपमहासचिव विष्णु पौडेलले नयाँ पत्रिकासँग भने ।

माओवादी अध्यक्ष प्रचण्डले पनि एकता घोषणा सभा बृहत जनताका बीचमा गरिने बताए । चुनाव चिह्न र सांगठनिक प्रतिनिधित्वको विषय प्रधानमन्त्री भारतबाट फर्किएलगत्तै टुंगो लाग्ने प्रचण्डको दाबी छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा