राष्ट्रिय समाचार

एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

Share it with you friends

काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ।

एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको  हो।

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन्।

मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा ‘आजको मार्क्सवाद र लोकतन्त्र समृद्धि समाजवाद’ लाई मूल विषय राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको हो।

गोष्ठिमा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन्। माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिढीमा मार्क्सवाद  विषयमा अभिरुची बढाउनु पर्ने बताए।

नयाँ पत्रिका दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *