एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

Share it with you friends

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण तथा नेकपा (माओवादी केन्द्र) सँगको एकताबारे जानकारी गराउनुभएको सचेतक चौधरीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *