ओलीको भ्रमण लगत्तै राजपाका दुई नेता भारतमा, संयोग कि पूर्वयोजना ?

Share it with you friends

नयाँदिल्ली, चैत २८ ।राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली पुगेका हुन् । अन्नपूर्णमा खबर छ ।

यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।

ठाकुरको बुधबारदेखि हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार शुरु गरिने पार्टी प्रवक्ता कृष्णा सिंह (राजपूत)ले जानकारी दिए । नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो ।

मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । त्यसको चार महिनापछि उनी फलोअपका लागि मेदान्ता आएका थिए । मधेस आन्दोलन र निर्वाचन लगायत राजनीतिक व्यस्तताका कारण त्यसयता उनले चेकजाँच गराउन पाएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने राजकीय भ्रमण सकेर काठमाडौं फर्केको दुइ दिन भित्र राजपाकाका दुई नेता उपचारकालागि दिल्ली आइपुगेका छन् । यो संयोग हो कि पूर्वयोजना भन्ने जिज्ञासामा प्रवक्ता सिंहले भने, ‘उहाँको चेकजाँच गराउने योजना प्रधानमन्त्रीको भ्रमणभन्दा अघिदेखि कै हो । बरु प्रमको भ्रमण भएका कारण उहाँको समयपछि सारिएको हो ।’

प्रधानमन्त्रप्रधानमन्त्रीको भ्रमणलगत्तै भएको दुई नेताको दिल्ली आगमनले राजनीतिक वृत्तमा चासो बढाएको छ । ठाकुर दिल्ली आएलगत्तै भारतीय राजनीतिज्ञहरुले उनको हालचालबारे खबर लिएको बुझिएको छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा