कांग्रेसमा केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

Share it with you friends

काठमाडौं , १० वैशाख ।  कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।

गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो नाम राखेका छन् भने दोस्रो नम्बरमा रामजनम चौधरीको नाम राखेका छन् । भारतेन्दु मल्लिक, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, महेश कर्मोचा, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, शिवकुमार गुल्माछाने, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू र वीरेन्द्र नेपालीलाई क्रमश सूचीमा राखेका छन् ।

गच्छदारले तयार पारेको सूचीमा पूर्व पर्यटनमन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव परेनन् । पार्टी एकीकरणको बेला गच्छदारसँग तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष देवको सम्बन्ध बिग्रिएको थियो । गच्छदारकै निर्देशनमा सिफारिस समितिले उनको नाम नपारेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनलाई कांग्रेसको कुनै विभागमा सिफारिस गर्ने तयारी छ ।

तत्कालीन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सिफारिसअनुसार गच्छदारले सूची तयार पारेका हुन् । गच्छदारनिकट नेता योगेन्द्र चौधरीले केन्द्रीय सदस्य बनाउन १५ जनाको सूची तयार भएको पुष्टि गरे ।

‘३० असोजमा पार्टी एकीकरण गर्दा भएको सहमतिबमोजिम एकीकृत पार्टीको केन्द्रीय सदस्य बनाउन १५ जना नेताको नाम तयार पार्नुभएको छ ।’ चौधरीले नयाँ पत्रिकासँग भने ‘आन्तरिक समितिले गरेको निर्णयलाई नै सिफारिस गर्ने निष्कर्षमा अध्यक्षज्यू (विजय गच्छदार) पुग्नुभएको छ । गच्छदार आमन्त्रित केन्द्रीय सदस्यका रूपमा कांग्रेस कार्यसमिति बैठकमा उपस्थित भइरहेका छन् । बैठकमा आफूले धारणा राख्नुअघि १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउन सिफारिससहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीमा छन् ।

नयाँ पत्रिका दैनिकमा खवर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते