कांग्रेसमा गच्छदारको हैसियत पौडेल बराबर

Share it with you friends

काठमाडौँ, २९ चैत । विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी सभापति शेरबहादुर देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ। देउवाले पौडेल र गच्छदारलाई उक्त हैसियत दिने तयारी गरेका हुन्।

यसैबीच पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमिति बैठक जेठ दोस्रो साता बोलाउने तयारी देउवाको छ । जारी केन्द्रीय समिति बैठकले मितिको टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘जेठको दोस्रो साता महासमिति बैठक बोलाउने तयारीमा हामी छौँ, बैठकको मिति जारी केन्द्रीय समिति बैठकले टुंग्याउँछ,’ शर्माले भने । कांग्रेसमा महासममिति बैठक पार्टी विधान संशोधन गर्न सक्ने एक मात्र निकाय हो ।

मुलुक संघीयतामा गएर निर्वाचन भई सरकार र संसद्ले कार्य थाल्दासम्म कांग्रेसले प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित गर्नेबाहेक कुनै निकाय बनाउन सकेको छैन । त्यस्तै, क्षेत्रीय समिति २ सय ४० बाट १ सय ६५ बनाउन, स्थानीय तहमा भएका एकाइ समायोजन गरी ७ सय ५३ बनाउन र पार्टीको प्रदेश संरचना कस्तो बनाउने भन्ने तय गर्न पनि महासमिति बैठक आवश्यक देखिएको छ । विधान संशोधनका लागि मस्यौदा समिति गठन पनि जारी केन्द्रीय समितिले गठन गर्नेछ । नयाँ संविधानअनुसार पार्टी संगठनलाई ढाल्ने गरी विधान संशोधनको मस्यौदा समितिले तयार गर्ने र त्यसलाई महासमितिबाट पारित गराउने कांग्रेस संस्थापनको तयारी छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध