कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन
काठमाडौँ । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ ।
शुक्रबार साँझ सवा ५ बजे भारतको एपोलो अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको कांग्रेसले जनाएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पीडित खड्काको केही समयदेखि एपोलो अस्पतालमा उपचार भइरहेको थियो ।
गत फागुन ४ गते राती हृदयघाट भएपछि नर्भिक हस्पतालमा उपचार गरेर फागुन ६ गते उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।
खड्काको साढे २ वर्ष अघि सोही अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । पहिलो पटक २०४७ सालमा भौतिक योजना तथा यातायात मन्त्री भएका खड्का २०५४ सालमा गृहमन्त्री हुनु भएको थियो ।
