काग्रेंसकाे वैठक अाज वस्दै, रामचन्द्रले देउवाकाे अालाेचना गर्ने ।

Share it with you friends

नेपाली काग्रेंस केन्द्रिय समितिको वैठक आज वस्ने भएको छ ।

यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिए ।

बैठक ४५ दिनसम्म चल्न सक्ने शर्माले बताए ।दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उनले बताए ।

आज बस्ने नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा नेतृत्वको निकै आलोचना हुने भएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबमा पार्टीले ब्यहोर्नुपरेको पराजयबारे औपचारिक रुपमा छलफल शुरु हुनेछ ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्वका कारण पार्टीले पराजय भोग्नुपरेको, महाधिवेशन भएको २ वर्ष बितिसक्दापनि अहिलेसम्म पदाधिकारी मनोनयन हुन नसकेको, सभापति शेरबहादुर देउवाले आफुपक्षका नेतालाईं मात्र काखि च्यापेको र अर्को पक्षलाई विभेद गरेको लगायत विषयमा सभापति देउवाको आलोचना गर्ने तयारी गरेको छ ।

यस्तै बैठकमा सभापति देउवाले चोह जति समयमा नेतालाई बोल्न दिने तयारी लगर्नु भएको छ । देउवाले चुनावमा कुन क्षेत्रबाट कसले कति सहयोग गरे भन्ने बारे पनि जानकारी लिनुहुनेछ ।

यस्तै बैठकमा संघीय संरचना अनुसार पार्टीको संगठनलाई अगाडि बढाउन विधान संशोधन गर्ने विषयमा पनि कुराकानी हुनेछ । बैठकमा देउवाले महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारीलाई पूर्णता दिन नसकेको र धनुषामा अधिवेशन गर्न नसक्नुको कारण बारे नेताले प्रश्न उठाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *