काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

Share it with you friends

नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ सरकारी अधिकारी, राजनीतिक नेता, कूटनीतिक नियोगका सदस्य, सञ्चारकर्मी तथा इजरायलका सुभेच्छुकहरूको सहभागिता रहेको थियो।

अतिथिहरूलाई स्वागत गर्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासले यो अवसर दुई देशबीचको मित्रता, साझेदारी र साझा आकाङ्क्षाको उत्सव भएको बताउनुभयो। नेपालको नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि र युवाहरूका लागि अवसरलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै राजदूत बासले भन्नुभयो, “पानी व्यवस्थापन, कृषि, प्रविधि र उद्यमशीलतामा इजरायलको अनुभवले नेपालका राष्ट्रिय प्राथमिकताहरूलाई सार्थक रूपमा सहयोग पुर्‍याउन सक्छ र यसका लागि इजरायल आफ्नो अनुभव एवं सहयोग आदानप्रदान गर्न तयार छ।”

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासले राख्नुभएकाे मन्तव्यकाे नेपाली अनुवादः 

विशिष्ट महानुभावहरू, आदरणीय अतिथिहरू, नेपाल र इजरायलका मित्रहरू, तथा भद्रभलाद्मीहरू,

काठमाडौँमा इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाउने यस साँझमा यहाँहरूसँग जोडिन पाउनु मेरो लागि ठुलो सम्मानको कुरा हो। यो अवसर इजरायलको राष्ट्रिय यात्राको उत्सव मात्र नभई हाम्रा दुई देशबिचको मित्रता, साझेदारी र साझा आकांक्षाहरूको उत्सव पनि हो।

इजरायल भूगोलमा सानो देश भए पनि विश्वव्यापी प्रभावमा एक उल्लेखनीय देश हो। आफ्ना प्रारम्भिक दिनहरूदेखि नै इजरायलले सीमिततालाई नवप्रवर्तन (innovation) मा बदल्न सिकेको छ। त्यही भावनाले इजरायललाई विश्वलाई फाइदा पुर्‍याउने विचार र प्रविधिहरूको स्रोत बनाएको छ। आज, इजरायली नवप्रवर्तन विभिन्न रूपहरूमा देख्न सकिन्छ: ‘वेज’ (Waze) ले लाखौँ मानिसहरूको यात्राको मार्गनिर्देशन गर्ने तरिका परिवर्तन गरिदिएको छ; ‘विज’ (Wiz) साइबर सुरक्षामा विश्वव्यापी अग्रणी बनेको छ; र कृषिमा समेत इजरायलले चेरी टमाटर जस्ता व्यावहारिक आविष्कारहरूमा योगदान पुर्‍याएको छ, जसले सृजनशीलता, अनुसन्धान र दुर्लभ स्रोतहरूलाई बढी उत्पादक बनाउने क्षमतालाई झल्काउँछ।

नवप्रवर्तनको यो भावना नेपालका लागि विशेष अर्थपूर्ण छ। नेपालको नयाँ सरकारले विकास, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि र युवाहरूका लागि अवसरलाई आफ्ना प्राथमिकताहरूमा राख्दै गर्दा इजरायल आफ्नो अनुभव र सहयोग आदानप्रदान गर्न तयार छ। हाम्रा देशहरू आकार र भूगोलमा फरक हुन सक्छन्, तर शिक्षा, नवप्रवर्तन र दृढता (resilience) मार्फत नै प्रगति सम्भव छ भन्ने साझा विश्वास हामी बाँड्छौँ। पानी व्यवस्थापन, कृषि, प्रविधि र उद्यमशीलतामा इजरायलको अनुभवले नेपालका राष्ट्रिय प्राथमिकताहरूलाई अर्थपूर्ण रूपमा सहयोग गर्न सक्छ।

इजरायल र नेपालबिचको मित्रता व्यावहारिक सहयोगमा स्पष्ट देखिन्छ। इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘मासाभ’ (MASHAV) मार्फत नेपाली सहभागीहरूले विकासका लागि महत्त्वपूर्ण क्षेत्रहरूमा व्यावसायिक तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरूबाट लाभ उठाएका छन्। ‘लर्न एन्ड अर्न’ (Learn & Earn) कार्यक्रमले नेपाली युवाहरूलाई सीप र कामको अनुभव प्राप्त गर्ने मूल्यवान् अवसरहरू सिर्जना गरेको छ। यसका साथै, इजरायलमा रहेका रोजगारीका अवसरहरूले धेरै नेपाली नागरिकहरूलाई जीविकोपार्जन, अनुभव र स्वदेशमा रहेका उनीहरूका परिवारका लागि सहयोग उपलब्ध गराएका छन्।

यो साझेदारी आपसी सम्मानमा पनि आधारित छ। नेपालका सबैभन्दा सम्मानित राष्ट्रिय नेताहरूमध्ये एक, बी.पी. कोइरालाले लोकतन्त्र, मर्यादा र आफ्ना जनतालाई सशक्त बनाउने समाजको निर्माणको वकालत गर्नुभयो। उहाँको दृष्टिकोणले हामीलाई सम्झाउँछ कि विकास पूर्वाधार वा वृद्धिका तथ्याङ्कहरू मात्र होइन; यो मानव मर्यादा, अवसर र राम्रो भविष्य निर्माण गर्ने स्वतन्त्रता पनि हो। त्यो भावना नेपाल र इजरायलबिचको सम्बन्धसँग गहिरो रूपमा मेल खान्छ।

आज राती, हामी इजरायलको स्वतन्त्रता दिवस मनाउँदै गर्दा हाम्रा जनताहरूबिच निरन्तर बढ्दै गएको सम्बन्धको पनि उत्सव मनाऔँ। नवप्रवर्तन, शिक्षा, विकास र अवसरमा सहयोग पुर्‍याउने हाम्रो साझा प्रतिबद्धतालाई नवीकरण गरौँ। मिलेर, हामी नेपाल र इजरायलबिचको मित्रतालाई अझ गहिरो बनाउन र दुवै राष्ट्रका लागि व्यावहारिक लाभहरू सुनिश्चित गर्न सक्छौँ।

यहाँहरूको न्यानो उपस्थिति र मित्रताका लागि धन्यवाद। आगामी वर्षहरूमा हाम्रो साझेदारी अझ फस्टाउँदै जाओस्।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 3 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 4 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 6 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 5 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा