धादिङ जिल्लाको सिद्धलेक गाँउपालिका वडा नम्वर ५ की २३ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएसगैं जिल्ला प्रशासन कार्यलय धादिङ र जिल्ला स्वास्थ्य कार्यलय धादिङले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको छ ।
काेराेना संक्रमित महिलाकाे सम्पर्कमा आएका परीवार, साथिभाइ, आफन्त तथा इष्टमित्रहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा ति महिलालाई पिसाबको पनि संक्रमण भएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पीसीआर परीक्षण गरिएको थियो र आज संक्रमण पुष्टि भएको हो ।






