कृषकले मल नपाएको बेला अनुदानको मल प्लाइ उद्योगमा भेटियो

Share it with you friends

३१ बैशाख २०७६ । किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ । कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्। कपिलवस्तु कृषिमन्त्री चक्रपाणी खनालको गृह जिल्ला पनि हो। यहाँका सात प्लाइ उद्योगले विगतदेखि अनुदानको मल प्रयोग गर्ने गरेको आरोप लागेको थियो ।

शनिबार मात्रै कपिलवस्तुको प्लाइ उद्योगमा १ सय ३२ टन चाइनिज युरिया मल फेला परेको छ । जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका ७ स्थित २ वटा प्लाइउड उद्योगमा झार्न लागेको मल स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । अनुदानको मल दुरूपयोग गरेर उद्योगमा शनिबार बिहान ट्रकबाट झार्न लागेको अवस्थामा फेला पारिएको हो।

जिल्ला प्रहरीले उक्त मलसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले पशुपति प्लाइर जय अम्बे प्लाइ उद्योग परिसरबाट ६ वटा भारतीय मालबाहक ट्रकसहित मल नियन्त्रणमा लिएको हो। कृषि प्रयोजनका लागि प्रयोग हुने चाइनिज युरिया मल ती दुई उद्योगमा भित्याइएको विशेष सूचनाका आधारमा स्थानीय प्रशासनको निर्देशन पछि मल नियन्त्रणमा लिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताउनुभयो ।

पशुपति प्लाइ उद्योगमा एनएल ०१ एबी ५४४८, एनएल ०१ एबी १७३८ र डब्लु बी ११ टी ७००५ नम्बरको मालबाहक ट्रकमा मल ल्याइएको थियो। जय अम्बेमा एनएल ०१ जी ७५१२, एनएल ०१ जी ६२१२ र एनएल ०१ एबी १७४८ नम्बरको मालबाहक ट्रकमा मल भित्याइएको थियो। अर्यालका अनुसार जय अम्बेमा ट्रकबाट ४ सय ४० बोरा र पशुपतिमा ६ सय बोरा मल गोदाममा झारिएको थियो। मल राखिएको गोदाम सिलबन्दी गरिएको र झार्न बाँकी मल र ट्रकलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको उहाँले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते