कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण ।

राजाराम डंगोल महादेबबेशी धादिङ मंसिर २ । थाक्रे गाँउपालिका वडा नम्बर ११ का कृषकहरुलाई सहुलियत दरमा काउलीको विरुवा वितरण गरिएको छ । काउली खेतिको लागी उर्बर भुमी मानिएको थाक्रे गाउपालिका वडा नं. ११ को बालुवाफाँटमा कृषकहरुलाई हिउदको समयमा लगाउनको लागी ३५ हजार तयारी काउलीको विरुवा वितरण गरीएको हो ।

कान्जीरोवा एग्रो फार्म काठ्माण्डौको सहयोगमा थाक्रे गाँउपालीकाले उपलब्ध गराएको सहुलियत दरको विरुवा वितरण कार्यक्रममा थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य उपाध्यक्ष अम्विका रुपाखेती वडा नं. ११ का वडा अध्यक्ष रवि प्रकाश ओझा लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा गाउपालिकाका अध्यक्ष आचार्यले थाक्रेको कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्नको लागि गाउपालिका लागिपरेको र कृषकहरुलाई आफ्नो जग्गा खाली नराखी आधुनिक तवर बाट खेती गरी ब्यवसायिक कृषक बन्न आग्रह समेत गर्नुभयो ।
