के तपाइ फेसवुकमा पूर्वप्रेमि / प्रेमिकाकाे तस्विर देखेर हैरान हुनुहुन्छ ?

Share it with you friends

फेसबुक संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाल यसकारण रहिरहेको छ कि यसले बेलाबेलामा प्रयोगकर्ताको आवश्यकता अनुसार फिचरहरु थप्ने र सुधार गर्ने गरिरहन्छ ।

 

यसले समय समयमा सुधार र थप गरेको फिचरले प्रयोगकर्ताहरुलाई पक्कै लाभ पुर्‍याएकै होला ।

पछिल्लो पटक फेसबुकले फेरि एउटा नयाँ फिचर थप गरेको छ, जसको नाम दिइएको छ टेक अ ब्रेक ।

यदि तपाईको भर्खरै ब्रेक अप भएको छ र आफ्ना पूर्व प्रेमी वा प्रेमिकाको सम्झना दिलाउने वा ऊसँगको सम्बन्ध देखिने पोस्टहरु लुकाउन चाहनुहुन्छ भने अब सजिलै सक्नुहुन्छ । फेसबुक टिमले प्रयोगकर्ताले कुनै समय आफ्नो पार्टनरको प्रोफाइलमा राखेका पोस्टहरुले पछि ब्रेकअप भएपछि हैरान भएको पाएपछि यो नयाँ फिचर थप गरेको हो ।

टेक अ ब्रेकले तपाईलाई पूर्वप्रेमी वा प्रेमिकाको पोस्‍ट, फोटो र उसलाई ट्याग भएका सामग्री कसैले हेर्न नमिल्ने गरी लुकाउने सुविधा दिन्छ । यसका लागि ब्लक, अनफ्रेन्ड वा अनफलो गरिरहनुपर्दैन ।

टेक र ब्रेकले तपाईको चाहना अनुसार फेसबुकका पोस्‍टहरु पूर्वप्रेमी वा प्रेमिकाले नदेख्ने बनाउन, उसलाई ट्याग गरिएका पुराना पोस्टहरु लुकाउन सहयोग गर्नेछ । त्यस्ता पोस्टहरुलाई रेस्ट्रिक्टेड लिस्टमा राखेर पूर्वप्रेमी वा प्रेमिकाले पनि नदेख्ने बनाउन सकिन्छ ।

फेसबुकले निम्नस्तर लिंक र स्पामहरु पनि हटाएर महत्वपूर्ण सामग्रीमात्र देखाउने बनाएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 7 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 8 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 7 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 17 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 19 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 19 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते