के भयो रजनीकान्तलाई ? उपचारका लागि पुगे अमेरिका
एजेन्सी । दक्षिण भारतीय फिल्मी क्षेत्रमा भगवानको रुपमा पूजिने रजनीकान्त उपचारका लागि अमेरिकामा रहने भएका छन् । उनी दुई हप्ता सम्म अमेरिमा रहने भारतीयसञ्चार माध्यमले जनाएका छन् ।
उनी आफ्नो नियमित जाँचका क्रममा त्यहाँ रहने छन् । उनका समर्थक र शुभेच्छुकलाई सामान्य नियमित जाँचकोलागि जान लागेकाले नआत्तिन भनिएको छ ।
फिल्मी क्षेत्रमा नाम र दाम कमाएका रजनीकान्त छिट्टै राजनीतिमा प्रवेश गर्दै छन् । अमेरिकाबाट फर्किए लगत्तै कार्तिक सुब्बराजसँग फिल्म सुरु गर्ने र छिटो भन्दा छिटो छायाकँन सक्ने जनाइएको छ ।
रजनीकान्तको नयाँ फिल्म जुन ७ तारिखमा रिलिज हुँदैछ । यसमा उनले डनको भूमिका निर्वाह गरेका छन् ।
