के हो सी डिसाईड्स् अभियान ?

Share it with you friends

के महिलाले कसैको प्रश्न विना आफ्नो शरिर र भविष्यको निर्णय गर्न सक्छिन ? हाम्रो जस्तो पृत्ति सत्तात्मक देशमा यसको जवाफ दिन धेरैलाई मुस्किल पर्न सक्छ । मुस्किलै नपरे पनि धेरैको जवाफ हुन सक्छ सक्दिनन् । हुन त विकसित देशहरुमा पनि महिलाले गर्ने कुनै निर्णयमाथि प्रश्न नउठ्ने भने होइन् ।
तर, भीडले दिने यस्तो जवाफमा कुनै सत्यता छैन । किनकी महिला आफैँले पनि आफ्ना लागि केही गर्न सक्छिन् र सक्ने छिन् । तर यो बुझ्न र बुझाउन भने विश्व भर नै चुनौती छ ।
महिलाले आफ्नो शरीर, जीवन र भविष्यको निर्णय गर्न सक्छिन् भनेर बुझाउन कै लागि अहिले विश्वमा सी डिसाईड्स् अर्थात उनी निर्णय गर्न सक्छिन् भन्ने अभियान सुरु भएको छ ।
कसैको प्रश्न विना महिलाले आफ्नो शरीर, आफ्नो जीवन र भविष्यमा के गर्ने भन्ने बारे निर्णय गर्न सक्छिन् भन्ने सन्देश दिँदै अभियान विस्तार हुँदैछ ।
यो अभियान हरेक युवती र हरेक महिलाको अधिकारका लागि विश्वासका साथ एकताबद्ध छ । यसले जुनसुकै कुरामा पनि महिलाले निर्णय आफैँले गर्नुपर्छ भन्नेमा जोड दिन्छ ।
यो अभियानको मुख्य उदेश्य भनेको महिलाले आफ्नो शरीर र आफ्नो हक अधिकारमाथि जानकारीसँगै पहुँच पनि बनाउनु पर्छ भन्ने पनि हो ।
महिलाको अधिकारको सम्मान गर्नाले उसको स्वास्थ्य स्वस्थ हुनुका साथै र भविष्य समेत उज्जवल हुने अभियानको विश्वास छ । महिलाको अधिकारका विषयमा जोड दिँदै आएको यो अभियान मानवअधिकारप्रति प्रतिबद्ध छ । कुनै पनि भेदभावको विरोध गर्ने अभियानको आचारसंहितामा नै उल्लेख छ ।
अमेरिकामा महिलाको शरीरमाथि राज्यले अनेक प्रतिबन्ध लगाउन थालेपछि शुरु भएको थियो – सी डिसाइड्स् अभियान । अमेरिकामा मेक्सिको सिटी पोलिसी भने लागू गरिएको यो नीतिले महिलाको गर्भतपन गराउने अधिकारलाई बन्देज लगाएको थियो ।
यो नीतिले अमेरिकासँगसँगै विश्वका अन्य देशसमेत प्रभावित भएका थिए । यो नीतिका कारण अन्य देशमा महिला स्वास्थ्यका लागि काम गर्ने संघसंस्थालाई दिइने अनुदानमा समेत असर पर्यो ।
यस्ता क्षेत्रमा काम गर्ने संघ संस्थालाई शर्त नै राखिएको थियो कि– गर्भपतन सेवा प्रदान गर्न नपाईने, बिरामीलाई गर्भपतनको विकल्पबारे सल्लाह सुझाव दिन नपाइने र गर्भपतनसँग सम्बन्धित कानुनको समर्थनमा धारणा राख्न नपाइने ।
महिलाको अधिकार हनन गर्ने यस्तो मेक्सिको सिटी पोलिसीलाई आलोचकहरुले ‘ग्लोबल ग्याग रुल’ को नाम दिएका थिए । त्यसैले यो नीतिलाई ‘ग्लोबल ग्याग रुल’का रुपमा समेत चिनिन्छ ।
रिपब्लिकन पार्टीबाट अमेरिकाको राष्ट्रपति बनेका रोनाल्ड रेगनले सन् १९८५ मा यो नीति लागू गर्नु भएको थियो । तर यो नीति १९९३ मा डेमोक्र्याटिकबाट राष्ट्रपतिमा निर्वाचित बिल क्न्टिनले खारेज गर्नुभयो ।
तर, राष्ट्रपति जर्ज डब्लुु बुसको पालामा सन् २००१ मा फेरि यो नीति आएको थियो । तर सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बने पछि यो नीति खारेज भयो ।
ओबामाको कार्यकाल पछि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले सन् २०१७ यसलाई फेरि ब्युँत्याउनुभयो । ट्रम्प पछि अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनले अहिले यो नीति खारेज गर्नु भएको छ ।
यो श्रृंखलालाई हेर्दा अमेरिकामा रिपब्लिकन पार्टीले गर्भतनसम्बन्धि अधिकारलाई बन्चित गर्न खाजेको देखिन्छ भने डेमोक्र्याटिक पार्टी महिलाको प्रजनन् स्वास्थ्यको पक्षमा उभिएको देखिन्छ ।
सन् २०१७ को जनवरीमा त्यतिबेलाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नीतिलाई पुर्नसथापना गरे पछि यस विरुद्ध अधिकारकर्मीहरुले विरोध सुरु गरेका थिए । फलस्वरुप ः त्यहि वर्ष अर्थात सन् २०१७ को मार्च २ तारिखमा सी डिसाइड्स् सम्मेलन भएको थियो ।
अमेरिकी सरकारको यो नीति विरुद्ध नै पहिलो पटक सन् २०१७ को मार्च २ तारिखमै अन्तराष्ट्रिय सी डिसाईड्स् सम्मेलन भएको थियो । त्यस पछि अभियानले महिला र युवतीले पनि आफ्ना लागि निर्णय गर्न सक्छन् भन्ने सन्देश विश्वभर फैलाउन विभिन्न कार्यक्रम गर्यो ।
अभियानले विश्व राजनीतिमा समेत महिलाले आफ्नो शरीर, आफ्नो जीवन र भविष्यका लागि आफैँ निर्णय गर्न सक्छिन्, त्यो पनि विना कसैको प्रश्न भन्दै ध्यानाकर्षण समेत गराउँदै आएको छ ।
सन् २०१७ को मार्च २ तारिखमा एक दिनका लागि सुरु भएको अभियान अहिले विश्वभर नै फैलिदो छ । अहिले यो अभियान २७ देशमा सञ्चालित छ । विश्वका धेरै महिलाका क्षेत्रमा काम गर्ने संघसंस्थासँगै महिला तथा युवती अभियानमा जोडिदै छन् ।
अहिलेसम्म एक लाख भन्दा धेरै जना यो अभियानमा जोडिसकेका छन् । अभियान अन्तरगत हरेक वर्षको मार्च २ तारिख विभिन्न कार्यक्रम समेत हुने गरेको छ ।
नेपालमा भने सन् २०१९ देखि यो अभियान सुरु भएको छ । ‘भिजिबल इम्प्याक्ट’, ‘बियोन्ड बेइजिङ कमिटी’ र ‘राइट हियर राइट नाउ नेपाल’ले यो अभियानको मुख्य सदस्यको रुपमा काम गर्दै आएको छ ।
अहिले विशेषगरी यो अभियानले लैंगिक हिंसा, किशोर यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित मातृत्वका क्षेत्रमा काम गर्दै आएको छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते