कोरोनाका कारण स्वास्थ्यकर्मी मर्कामा

Share it with you friends

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले ११ औँ स्थापना दिवस मनाएको छ । यूनियनका केन्द्रिय कमिटी, प्रदेश कमिटी र प्रतिष्ठान स्तरका कमिटीले शुक्रबार देशभर विभिन्न कार्यक्रम गरि ११ औँ स्थापना दिवस मनाएका हुन् ।

सो अवसर पारेर केन्द्रिय अध्यक्ष चन्द्र थापाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सम्पूर्ण सदस्य, चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुप्रति शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा यूनियनको स्थापना र विकासमा महत्वपूर्ण योगदान गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गरिएको छ । थापाले जारी गरेको सन्देशमा अहिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्व नै आक्रान्त बनेको र यसले मानव सभ्यतालाई रोग, मृत्यु, बेरोजगारी र मानवीय तथा आर्थिक संकटको दलदलमा पुर्याईदिएको भन्दै नेपालमा पनि यसबाट संक्रमित हुनेहरूको संख्या बढिरहेको र यस अवधीमा कोरोना भाईरस संक्रमणका कारण जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा उपचारतहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

सन्देशमा वर्तमान जटिल अवस्थामा अग्रपंक्तीमा रहेर मानिसको जीवन रक्षाका लागि दिनरात खटीरहेका चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु उच्च जोखिममा रहेको र स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नै कोरोना संक्रमित भएको घटनाले आफूहरुलाई थप चिन्तित र दुखित बनाएको उल्लेख गरिएको छ ।

यसैबिच, यूनियनले आफ्नो स्थापना दिवसको अबसर पारेर देशभरका १ सय १५ स्वास्थ्य संस्थाहरुमा बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता अध्ययन गर्न सर्वेक्षण गरेको छ । प्रदेश नम्वर १ का १८ प्रदेश नम्वर २ का २ बाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका १६ , प्रदेश ५ का २७ , कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका १ गरि देशभरका १ सय १५ वटा स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुले नियमित पारिश्रमिक पाए वा नपाएको, व्यक्तिगत सुरक्षा समग्री पाए–नपाएको, सामाजिक सुरक्षा कोषमा सूचिकरणको अवस्था लगाएतका विषयमा सर्वेक्षण गरेको हो । यो सर्वेक्षणको रिपोर्ट भने निराशाजनक रहेको अध्यक्ष थापाले जनाएका छन् ।

अध्ययन अनुसार ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहेको ४० प्रतिशत अंशिक संचालनमा रहेको देखिएको छ ।  ३३ प्रतिशत अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको ६४ प्रतिशतले आंशिक रुपमा उपल्ब्ध गराएको देखिएको छ । यस्तै, ४१ प्रतिशत स्वास्थ्य संस्थाले चैत महिनाको पुरा पारिश्रमिक दिएको, ५६ प्रतिशतले बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको देखिएको छ । बैशाख महिनाको जम्मा १५ प्रतिशतले पुरा पारिश्रमिक दिएको ६९ प्रतिशतले बिदा कटौती गरेको र १६ प्रतिशतले पारिश्रमिक नै नदिएको पाईएको छ । अझ सामाजिक सुरक्षा कोषको हकमा निजि स्वास्थ्य संस्था उदासिन देखिएको छ । ९५ प्रतिशत निजि स्वास्थ्य संस्था हालसम्म पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएको देखिएको हो ।

कतिपय निजी अस्पतालहरुमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) बिना नै काम गर्न पर्ने बाध्यात्मक अवस्था रहेको, केही अस्पतालमा विगत फागुन महिनादेखि कै पारिश्रमिक नपाएको, कतिपय निजि स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरूले समयमा तलब नपाउने, पाए पनि पूरा तलब नपाउने र बेतलबी बिदा बस्नुपर्ने बाध्यताले उनीहरुको दैनिक जीवन यापन झन झन कष्टकर हुदै गएको , घरभाडा र अत्यावश्यक दैनिक उपभोज्ञ सामाग्रीको जोहो गर्न पनि नसक्ने अवस्था बनेको सर्वेक्षणले देखाएको छ ।

अस्पताल सञ्चालकहरूबाट नेपाल सरकारको निर्णयको यसरी संकटपूर्ण अवस्थामा समेत खुल्ला उल्लंघन हुनु निन्दनीय रहेको भन्दै अध्यक्ष थापाले कर्मचारीहरूका जीवनयापनप्रति पूर्णरूपमा गैह्र जिम्मेवार बनेका निजि क्षेत्रका अस्पताल सञ्चालकहरूको मनोमानीले मर्यादाको सीमापार गर्न थालेको बताए ।

लकडाउन अवधीको नेपाल सरकारको निर्णय अनुसारको पारिश्रमिक र प्रोत्साहन भत्ता सबैलाई समान रूपले अविलम्व उपलब्ध गराउन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।

साथै आज यस युनियनमा आबद्द अस्पतालका युनियन हरुले केन्द्रिय कमिटीको भिडियो सन्देश सामाजिक दुरि कायम गर्दै आ आफ्ना अस्पताल प्राङ्गणमा सुनाएर एबम एक अर्कामा शुभकामना आदानप्रदान गर्दै मनाएका छन ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते