कोरोना भाइरसका कारण चीनमा ९०० जनाको मृत्यु, ४० हजारभन्दा बढी संक्रमित
चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९०० नाघेको छ भने ४० हजार जना संक्रमित भएका छन् । मृत्यु हुने ९०० जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ ।
चीनमा एक दिनमा नै ६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ । यो संख्या अझै बढ्ने बताइएको छ । यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् । औषधी पत्ता लागेको खबर बाहिर आएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।
