कोलकत्ता विरुद्ध १०२ रनको जित निकाल्दै मुम्बई शिर्ष चारमा

Share it with you friends

२७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो ।

मुम्बईको कोलकातामाथि लगातार आठौं र सबैभन्दा बढी अन्तरको जीत हो । यो जीतसँगै मुम्बई चौथो स्थानमा पुग्न सफल भएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । मुम्बईको जीतमा इशान किशनले उत्कृष्ट प्रदर्शन गरे । उनले २१ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए । १७ बलमै उनले ५० रन बनाएका थिए । चौधौं ओभरमा किशनले कुलदीप यादवको बलमा लगातार चार छक्का प्रहार गरे । इशान प्लेयर अफ दि म्याच बने ।

मुम्बईको जीतमा रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रन योगदान गरे ।

बलिङतर्फ कोलकाताका पियुष चावलाले ३ विकेट झारे ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताको सुरुआत नै खराब थियो । ओपनर सुनिल नरेन ४ र क्रिस लिन २१ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका रोबिन उथप्पा पनि धेरैबेर टिक्न सकेनन् । उनी १४ रन बनाएर पेभिलियन फर्किए । आन्द्रे रसेल २ तथा दिनेश कार्तिक र रिंकु सिंह समान ५–५ रन बनाएर आउट भए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले २–२ विकेट लिए ।

यस जीतसँगै मुम्बई ११ म्याचमा १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । कोलकाताको पनि समान १० अंक भए पनि नेट रन रेटका आधारमा पाँचौं स्थानमा परेको छ ।

हैदरावाद १६ अंकसहित पहिलो स्थानमा छ । १४ अंकका साथ चेन्नाइ सुपर किंग्स दोस्रो र किंग्स इलाभेन पन्जाब १२ अंकका साथ तेस्रो स्थानमा छन् ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 4 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 7 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 7 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 7 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 5 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 7 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो