गजल

Share it with you friends

–  कल्पना प्रसाईं (पाठक)

ठुलो मान्छे भएछौ कि बोल्नै गाह्रो मान्न थाल्यौ
हात जोडी बिन्ति गर्दा झटारो ले हान्न थाल्यौ ।।

अाफ्नै सम्झी सँधैभरि तिम्रै गुणगान गाइरहेँ
तिमी भने हरेक मोडमा मेरै खुट्टा तान्न थाल्यौ ।।

विश्वास कसको गर्नु र खै पैसै संसार भए पछि
टाढा हुने बिचार रैछ आज अर्कै छान्न थाल्यौ ।।

सोझो मान्छे खस्रा कुरा चिल्लो घस्न जानीएन
के मा चित्त बुझेन खै पराई झैं ठान्न थाल्यौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *