नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे , कार्यसमितिमा काे काे विजयी भए मतसहित

Share it with you friends

काठमाडौं , ९ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन ।
कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।

उपाध्यक्षमा  महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्ष भए । उनले १७९ मत ल्याए । त्यस्तै राजेन्द्र रिजालले १७६ मत र देविदास भट्टराईले १६९ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो उपाध्यक्ष भए । तिमल्सिना र रिजाल बस्नेत समूहबाट उम्मेदवार थिए भने भट्टरार्इ पाण्डे समूहबाट उम्मेदवार थिए ।

उपाध्यक्षमा पराजित सपना राजभण्डारी, खड्ग ताम्लिङले क्रमशः १५८ र १४३ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षका उम्मेदवार उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत ल्याए ।

त्यस्तै महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गरे । भट्टराईले २०३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्याकुरेलले १३७ मत मात्रै ल्याए ।

त्यस्तै सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसालले १८७ मत प्राप्त गर्दा केसीले १४१ मत ल्याएर विजयी भए । भुसाल पाण्डे समूह र केसी बस्नेत समूहबाट उम्मेदवार थिए ।

त्यस्तै सचिव पदमा पराजित उम्मेदवारहरु ज्ञानेन्द्रमान जोशीले १३९ र सोमबहादुर कँडेलले १२३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा गोविन्द अधिकारी विजयी भए । उनले १९३ मत ल्याए । उनी पनि पाण्डे समूहका उम्मेदवार थिए ।सोही पदमा पराजित उम्मेदवार सूर्यबहादुर डाँगीले १४१ मत ल्याए । त्यस्तै सह–कोषाध्यक्षमा पाण्डे समूहकी उम्मेदवार निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन भने । पराजित उम्मेदवार राकेश श्रेष्ठले १५६ मत ल्याए ।

त्यस्तै सदस्यहरुमा पाण्डे समूहका बासुदेव दाहाल (२०९) ले मत ल्याए । । अन्य सदस्यमा कर्णबहादुर गुरुङ (१८७), सुस्मा आचार्यले (१८६), सुदन चौहान (१८६) मत ल्याएर विजयी भए । त्यस्तै, विजयी हुने अन्य सदस्यहरुमा बालकृष्ण (बिके) श्रेष्ठ (१८५), प्रकाश श्रेष्ठ (१७५), सुनिता था श्रेष्ठ (१७१) र यज्ञविलास पौडेल (१६२) र प्रशान्त शाहले (१५७) मत प्राप्त गरे ।

सदस्यमा बस्नेत समूहबाट सुनिता था श्रेष्ठ र प्रशान्त शाह मात्रै विजयी भए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते